पत्र
________प्रिय }नाम छैन{
अन्तिम पटक सुमधुर संझना !
नचाहँदा नचाहँदै प्रिय पत्र कोर्न
बाध्य
भएको छु ।
सुरुआत कता बाट गरौँ म त
दोधारमा परेको छु
।के लेखौँ के
नलेखौँ अन्योलमा परेको छ
यो मेरो मन ।
हेर न यति लामो समयको बोलचाल
अनि माया हाम्रो ! देख्ने हरुले त भने
हामीलाई कस्तो माया यिनिहरुमा भने
होलान् , तर मलाई सोच्न बाध्य
पार्यो आज,
के वास्तविकता मा हामी दुई बीच
माया थियो त ?
एउ
टा प्रश्न उठेको छ मेरो मनमा ! जुन
प्रश्न
को जवाफ मैले अहिले सम्म पनि पाउन
सकेको छैन , सायद त्यसैले होला अब
तिमीलाई भुल्ने प्रयास गर्दैछु ।
खै के भनौँ अब हेरन
यत्रो लामो समयको बोलचाल , माया त
नभनौँ सायद , किन कि माया त मैले
कहिल्यै पनि देखिन् ।
म पागल
सरि एकोहोरो माया गरिरहे तिमीलाई,
सायद तिम्रो मायामा पागल नै थिए
होला ,
त्यसैले भुलेछु, एक तर्फि प्रेम
कहिल्यै
सफल हुन्न भनेर !
ठिकै छ, आखिर अब
तिमी बिना बाँच्नु नै
मेरो लागि उचित
हुन्छ जस्तो मलाई लाग्छ ।
गाह्रो, त्यो आफ्नो ठाउँमा छ, तर मैले
कोसिस गर्नु पर्छ किन भने नत्र
मेरो यो एक तर्फि मायाले मलाई
जिउँदो लास बनाउने छ !
आखिर यहाँ निर आएर मेरो हार
भएको देख्दै छु ।
तिम्रो सबै
बितेको कुरालाई भुलाई म स्विकार
गर्न
तयार थिए , किन कि जीवनमा कसैलाई
आँफु भन्दा धेरै माया गरेको थिए त ,
त्यो तिमी थियौ , केवल तिमी !
जब
तिमी पनि बितेका कुरा भुलाई साथ
दिनको लागि तयार भयौँ , तव म साँच्चै,
आखिर हाम्रो मायाले अब बाटो पाउँदैछ
भन्ने ठाने ।
सोच् आखिर सोच् मानै
सीमित भए,
अनि जति बोलिन्थ्यो अनि माया दर्स
केवल बोल्न र सुन्न मा मात्र रहे
कति सुन्दर
हुन्थ्यो होला यो जीवन !
बास्तबिकतामा तिमी अझै
पुरानो यादहरुको सहारा मा अल्झकेो मैल
पाए !
सायद मेरो मायामा कुनै कमी थियो या त
तिम्रो बोलीले मलाई स्विकार
गर्यो तर
हृदय बाट स्विकार गर्न सकेन
जस्तो मलाई
लाग्छ !
समग्रमा म तिम्रो हृदयमा बस्न सकिन्
।
तिम्रो हृदयमा त सधैं तिम्रो अतीत
बसिनै राखेको म देख्दैछु ! तिमी र म
बीचको दुरी गजब थियो ।
मिलनका आशा हरु कम मात्र
अल्झिरहेको थियो, तै
पनि माया गर्थै
तिमीलाई त्यसैले
आशाको दियो बलिनै
रहेको थियो !
हेर न, आखिर माया -
माया नै हो नि त त्यसैले फोन
पनि गर्दथे ,
अनि जिस्का जिस्कि गरि हाँस्दा
महसुस गर्थे ,
अनि बेलाबेला मा संझाउथ्यौ तिमीले,
तिम्रा ती शब्द सुन्दा म त्यसै त्यसै
मोहित
भएको थिए ।
तर अब बुझ्छु र
संझना गर्छु, ती शब्द मिठास आज
कहाँ हराए, थाह छैन, केवल खल्लो पन
मात्र
महसुस गर्दैछु ।
शायद तिमीलाई माया भन्ने कुरा के
हो थाह नै
रहनछ । १, २ वटा मेल गरी, मेसेज पठाई
संझना दिँदै फोन गर्नु भन्दै
मा माया हुँदैन
यहाँ !
यस्ता शब्दको प्रयोग
गर्दैमा माया गर्छौ भन्ने प्रमाणित
हुदैन !
मलाई लाग्थ्यो माया छ तिमीलाई
पनि मेरो !
किन तिमीलाई म भन्दै छु आखिर
यी सबै
कुरा हरु , उफ् यो मेरो माया मलाई अझै नै
धोका दिँदै छ ।
यस्तै रहेछ
जिन्दगी आखिर तिमी र म
त्यही खोलाको दुई किनारा, एकले
अर्कोलाई हेर्दै माया जगाउँदै बस्ने तर
संगम
नभएको !
ठिकै छ अब तिमीलाई म
मेरो जिन्दगी बाट निकाल्दै छु ।
तिम्रो जिन्दगी मा त म कहिल्यै
थिइन
होला । असहनीय बेदना लिई आज
यो निर्णय गर्दैछु , सायद यो सबै
मेरो गल्ती र भ्रम भयपनि, म स्विकार
गर्न तयार छु ।
अब
तिम्रा त्यो झुटो मायामा, म
मेरो जिन्दगी बाँच्न चाहन्न , त्यसैले
म
तिमीबाट टाढा टाढा जाँदैछु तिमी सँग
कहिल्यै नभेट्ने गरी , सक्छौ भने
मलाई माफ्
दिनु !
तपाई
लाई धेरै माया गर्ने
भाई
अमृत
खड्का,दुबई
0 comments:
Post a Comment