तिमीले लगाएको माया र विश्वासहरु, सबै
जूठो रहेछन्।
जूठो रहेछन्।
तिमीले हेर्ने सुन्दर आँखाहरु,
अन्धा बनिसकेको रहेछन्।
तिमीले समाउने ती हातहरु,
कति लुला रहेछन्।
तिमीले पछ्याउने गरेका पाइलाहरु,
गन्तव्यहिन रहेछन्।
तिमीले गरेको विश्वासहरु, सबै
अविश्वास रहेछन्।
यसैले,
प्रेम के प्रेम गर्नु ? विश्वास नभएपछि।
ह्रदयमा नाम के लेख्नु ? तिमी नै
नभएपछि।
दोबाटोमा के कुर्नु ? गन्तव्य नै अलग
भएपछि।
तिमीलाई किन खोज्नु ? तिमी मै हराए
झै गरेपछि।
यसैले,
पागल सरि कसरी हाँसु र ? सयौ चोट
दिएपछि।
आफ्नो भन्नुको नै के पो रहयो र ?
माया तोडेपछि।
खै के आँसु पुछ्नु र ? सिरानीको खोल नै
भिजेपछि।
सम्झनाको रुमाल के समाउनु र ? आँसु नै
सिद्दिएपछि।
अमृत खोटाङ
खड्का,दुबई
खड्का,दुबई
0 comments:
Post a Comment