ad+1

चौतारीमा
चौतारीमा गाँसेको त्यो माया प्रीति छुट्न
लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न
लाग्यो
दुई मुटु एक झैँ थियो किन आज फुट्न
लाग्यो
मेरो खुशी म बाट नै कसले आज लुट्न
लाग्यो
साथ दिने हातले नै मलाई आज कुट्न
लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न
लाग्यो
ओभाना दुई नयनमा आज आँसु जुट्न
लाग्यो
वियोगको जलनले नै मुटु मेरो भुट्न
लाग्यो
वेवारीशे यो पागललाई नियतिले चुट्न
लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न
लाग्यो ।

0 comments: