ad+1

ऐ मेरो मृत्यु
  • ऐ मेरो जीवनको अन्तिम सहारा !
ऐ मेरो मृत्यु ! आऊ र मसँग कुरा गर !

म तिम्रो लागि जन्मभर
बिउँझिरहेको छु, जन्मभर तिम्रो लागि
सुख–दुःखका भार
आङ्खनो काँधमाथि उठाएर हिंडडुल
गरिरहेछु ।

ऐ मेरो मृत्यु ! आऊ र मसँग कुरा गर !
जे जति म छु, जो मेरो छ,
आङ्खनो जीवनमा मैले जे जति गरेको छु,
मेरो प्रेम, मेरो आशा : सबै रहस्यपूर्ण
मार्गबाट तिम्रो दिसापट्टि
बढिरहेछन् !

तिम्रो अन्तिम एक
दृष्टिमा मेरो सम्पूर्ण जीवन अर्पित
हुनेछ ।
फूलहरु संकलन भइसके,
वरमाला उनियो,
तिमी कहिले वरको सुन्दर वेष–
भुषामा शान्त हाँसो लिएर आउँछौ !

त्यस दिनदेखि नववधू भईकन म
आङ्खनो डेरा छोडिदिन्छु अनि
रातको एकान्तमा पति–पत्नीको परिचय
होला ।
त्यस वेला तिमी– ममा भेद रहनेछैन !

ऐ मेरो मृत्यु ! आऊ र मसँग कुरा गर ! 

अमृत खोटाङ
खड्का,दुबई

0 comments: