कोहि होस यस्तो साथी,,,,,,,,,,,,
मनको कुरा मनैबाट विश्वाश गरी भनिदियोस,
दुखपर्दा नजिक आई उसले मलाई भनिदियोस,
तिमीलाई अहिले कस्तो छ भनि उसले मलाई सोधिदियोस,
म रूदानि मेरो नजिक आई आँसु मेरो पुिछदियोस,
दुखसुख सबै कुरा आफ्नै सम्झि साटिदियोस,
एक्लै छदाँ नजिक आई म छु नि तिम्रो भनिदियोस,
साह्रो गाह्रो पर्दाखेरी आफ्नै सम्झि सुनिदियोस,
दिलजलि पिडा बोक्दा मलम पट्टि गरिदियोस,
जीवन यात्रा भरि मेरो सहयात्री बनिदियोस,
0 comments:
Post a Comment