Latest Posts

नेपालि पात्रो डाउनलोड गर्नु होस

No comments:
 Download Nepali Calendar With Date Converter For Desktop
Keywords associated with this thread

Nepali Calendar     Calendar     Nepali Date Converter     
N



म एक नेपाली पात्रो सफ्टवेयर सुदर्शन पौडेल विकास तिथि कनवर्टर समावेश जो साझेदारी छु। यो क्यालेन्डर नेपाली साथै अंग्रेजी मा दोहरी मिति i.e समावेश। "Tithies" भनिन्छ चंद्र दिन पनि यो क्यालेन्डरमा समावेश छन्। यो अंग्रेजी र विपरित गर्न नेपाली मा मिति रूपान्तरण गर्न धेरै उपयोगी छ।

Download Now



Read More

समाज रुपान्तरण हाम्रो अभियान !!

No comments:
समाज रुपान्तरण हाम्रो अभियान !!

ब्यक्ति, पाटि र परिबेश भिन्न भिन्न तर इक्षा चाहना र बिचार मिल्दोजुल्दो हाम्रो विषय बहस र चिन्ता उस्तै उस्तै कुरा शुक्रबारे भेठघाट।। पत्रकार सुबास शर्मा , क्रान्तिकारी युवा महासचिव पृथिछ्क बुदा मगर प्रस्फुटन अन्लाईन समाचार का पत्रकार आत्मीय मित्र रमाकान्त बास्तोला र साथमा अन्य परिवर्तन कारी युवा साथीहरू ; राजनीतिक र देशको समसामयिक विषय मा छ्लफल स्थान फरक समुह फरक तर निष्कर्श यकै प्रकार का
परिवर्तित समाज को रूपान्तरित आधार सतहमा निर्माण भएको भवन बलियो हुनका लागि त्यसको जग बलियो हुनु पर्दछ । राज्यको जग समाज हो । समाजको जग समुदाय, समुदायको छिमेकि, छिमेकिको परिवार र परिवारको जग व्यक्ति हो । व्यक्ति मर्यादामा नरहँदा त्यसले सबै कुरा असन्तुलित बनाउन पुग्दछ । आयातित सँस्कृतिका कारण व्यक्ति चरम उपभोक्तवादी र स्वार्थि बन्दै गएको छ । परिवारमा ‘आमा–बुवा’को सँस्कृतिलाई ‘ड्याड–मोम’को सँस्कृति र प्राकृतिक खानपीनको सँस्कृतिको ठाउँ ‘जङ्क पूmड’ले लिंदै गएको छ । भेषभूषा, रहनसहनमा पश्चिमी नग्नता बढ्दै गएको छ । नारी अङ्ग विज्ञापन मालमा बदलिएको छ । लोग्ने–स्वास्नी, कुटुम्ब, छिमेकि, सामाजिक संबन्धहरुमा विष्मयकारी फाटो बढेको छ । जीवनका सबै क्षेत्रमा आफ्नोपन र मौलिकता मेटिदैजानाले मानिस नितान्त एकांगि, कुन्ठीत आत्म केन्द्रीत, मानसिक रोगि र छाडा हुन थालेको छ । समाजको जगैबाट मौलाउन थालेको यस प्रकारको विकृतिको तस्विर वर्तमान अवस्था हो । यसलाई जरैबाट रुपान्तरण नगरिकन राज्यलाई जिम्मेवार बनाउन सकिंदैन ।
५. ‘अभियान’को मूख्य चासोमध्येको एउटा विषय शासन प्रणालिलाई जनताप्रति पूरै उत्तरदायी बनाउने र त्यसमा नागरीक सर्वोच्चता स्थापित गर्ने भन्ने हो । अहिलेको प्रणालि जनतालाई अधिकार विहिन मतदाताका रुपमा कल्पना गरिएको दासप्रथाको आधुनिक रुप हो । मतदाताले एउटा प्रतिनिधि चयन गर्न त पाउँछ तर चुनिएर जाने व्यक्ति त्यसको नियन्त्रणमा हुँदैन । यो कसैलाई मनपरि गर्नका लागि लाईसेन्स दिए जस्तै हो । यो समाजको भ्रष्ट कुलिन तप्काले जनताको अनुमोदनका बहानामा राज्यलाई आफ्नो स्वार्थमा सञ्चालन गर्ने एउटा तरिका हो । आफूले चुनेर पठाएको प्रतिनिधिले गलत काम गरेको खण्डमा त्यसलाई पदबाट हटाउने, मन नलागेको कुनै विषयलाई अस्विकार गर्नेे र गाउँ तहका जनतालाई आफ्नो बारेमा आफैे फैसला गर्ने पूर्णाधिकार नभएको वा जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता जीवनका आधारभूत आवश्यकताको निशुल्क ग्योरेन्टी नगर्ने शासन प्रणालि वास्तविक प्रजातन्त्र होईन भन्ने मान्यताका आधारमा आजको प्रणालि अस्विकार गर्नु पर्दछ ।
६. नेपालको संकटभित्र २ वटा पक्ष अत्यन्त भयानक छन्, जसप्रति हाम्रो गंभिर ध्यान जानु पर्दछ । एउटा पक्ष भनेको यूवा जनशक्तिको विदेश पलायन हो । यो योजना विदेशि शक्तिहरुको डिजाइनमा आएको छ । भएभरीका सबै राष्ट्रिय उद्योग–धन्धाहरु बेचेर देशलाई विदेशी मालको बजार बनाउने, देशमा चरम बेरोजगारी बढाउने, सकृय जनशक्तिलाई रोजगारीका लागि विदेश धपाउँदै नेपाललाई खोक्रो बनाएर हस्तक्षेप सुदृढ गर्दै जाने विदेशि योजनामा वैदेशिक रोजगारीको कार्यक्रम ल्याईएको हो । यसले देशलाई जनशक्ति विहिन बनाएको मात्र छैन, देशमा विदेशि हस्तक्षेप हुँदा त्यसको प्रतिरोध गर्ने मानिस नै नहुने अवस्था ल्याउँदै छ । नेपालीहरुको विदेश पलायनसंगै जन्म, बसोबास र आमा–बाबुमध्ये एकको नागरीकताको आडमा विदेशीहरुलाई नागरीकता दिने षयडन्त्र अहिले पनि जारी छ । यी दुबै घटना आपसमा अभिन्न छन् । एकातिर नेपालीलाई विदेश लखेट्दै जाने र त्यसको ठाउँ विदेशि नागरीकताले भर्ने षडयन्त्र भोलिको सबैभन्दा ठूलो चुनौति हो । यसको दृढतापूर्वक प्रतिवाद गर्नु पर्दछ ।
७. देशलाई गाँज्दै लगेकोे कुशासन, अव्यवस्था र अराजकताको प्रश्नमा ‘अभियान’ निरपेक्ष बस्न सक्दैन । एकथरि मानिसहरु देश लुटेर एकैरात अरबपति बनेका छन् । भ्रष्टाचार, कालोबजारी, कृत्रिम अभाव, तस्करी, मूल्यबृद्धि, गुण्डागर्दी, ठगि जस्ता अपराधहरु राज्यस्तरबाटै संस्थागत भएका छन् । दलहरु अपराध सञ्जालका छाता संगठनका रुपमा परिणत भएका छन् ।
८.समाज मा मौलाइ रहेको हुन्डि कारोबार लाई जतिसक्दो छिटोभन्दा छिटो बन्द गरौ।
९ वैदेशिक भुमिमा अल्पत्र नेपालीहरुको उद्दार गरौं ।

Arun Adhikari 
Read More

पेनाङमा एकल गजल वाचन

No comments:


पेनाङमा एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न पेनाङ, मलेशिया- पेनाङको बुकित जामबुल स्थित पोखरा किचन रेष्टुरेन्टको सभाहलमा डिसेम्वर १७ तारिकको साँझ उदाउदोतारा साहित्य समाज पेनाङ मलेशियाको सस्थापक अध्यक्ष तथा वर्तमान संयोजक दिप दर्शनको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजना तथा पोखरा किचेन रेष्टुरेन्टको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा समाजले दर्शनको सम्मान पनि गरेको छ । प्रवासी नेपाली साहित्यको क्षेत्रमा लामो समय देखि गरेको योगदानको कदर स्वरुप समाजले यो सम्मान गरेको जनाएको छ । एकल वाचनमा दर्शनले आफ्ना डेड दर्जन गजलहरू वाचन गरेका थिए । समाजले शुरू गरेको नियमित मासिक कार्यक्रमको पहिलो सृंखला अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो । सृजना साँझ नाम दिईएको उक्त कार्याक्रममा प्रत्येक महिना एक जना स्रष्टाको एकल सृजना वाचन गराईने कुरा आयोजकहरुले बताएका छन् । कार्यक्रम संयोजक कपिल मणीको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रम समाजका सदस्य बाबुराम लुईटेलले स्वागत मन्तव्य गरेका थिए ।




Read More

हार्दिक निमत्रणा उमेश भट्टराई खोटाङ्गि

No comments:
निमन्त्रणा !!निमन्त्रणा!! निमन्त्रणा !!
हार्दिक निमन्त्रणा

गौरी पब्लिक रिलेसन एन पब्लिकेशनको अायोजनामा ऐतिहासिक कृति संयुक्त गजल संग्रह "मोतीका पद्चापहरु " यहीँ भदै १६ गते गजलका पिता स्व. मोतीराम भट्टको १५० अौं जन्म जयन्तीको सुअवसरमा भव्यता साथ हुन गई रहेको विमोचन कार्यक्रममा सम्पुर्ण साहित्यकार , पत्रकार, कला प्रेमी तथा कलाकार मित्रहरूको उपस्थितिका लागि हार्दिक अामन्त्रण गर्दैछौ ।
यस कृतिभित्र ८४ जना सर्जकका रचनाहरु संकलित छन ।सम्पुर्ण सर्जहरुप्रति अाभार प्रकट गर्दछु । समकालीन नेपाली गजलको इतिहासमा एक नया अायाम थप्ने छ भन्नेमा म पुर्ण अाशावादी छु । "मोतीका पद्चापहरु"को नेतृत्वमा " मितेरी " मुक्तक संग्रह र अरु अग्रज गुरुहरु तथा समकालीन स्रष्टाका कृतिहरुको समेत विमोचन हुनेछ।१२ कृतिहरु एकैसाथ विमोचन गर्नु र त्यो पनि हाम्रो संग्रहको नेतृत्वमा यो हाम्रो लागि अहोभाग्यको कुरा हो ।अाअाफ्नो ठाउबाट लागौ र विमोचन कार्यक्रम भव्यताका साथ सफल पारौ ।स्वदेशमा रहनु हुने सम्पूर्ण सर्जकहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध र प्रवासमा रहनु हुने सर्जकहरुले अाफ्नो प्रतिनिधि पठाई दिन हुन विनम्र अनुरोध छ ।विमोचनमा हामीले प्रत्येक सर्जकलाई उपहार स्वरुप पाँचवटा कृति, प्रमाणपत्र र दोसल्ला अोडाउने कार्य समेत रहेको छ ।
विमोचन हुने कृतिहरु -
१- अास्था र जीवन( उपन्यास ) नजरराम महर्जन
२- बाइरोडको ड्राइभर( उपन्यास ) नजरराम महर्जन
३- दराजभित्रका बस्तीहरु (गजल संग्रह ) प्रकाश पुष्पक राई
४- घाँटी रेटिदैछ (हाइकु ) तेस्रो संस्करण प्रकाश पुष्पक राई
५- डोको (कविता संग्रह ) प्रकाश पुष्पक/ दामोदर ढकाल
६- अोठमा लाली पेट खाली( मुक्तक संग्रह ) दामोदर ढकाल / रितु पिृयसी
७- अन्तर ध्वनी (कविता संग्रह ) कृष्णप्रसाद पौडेल
८- मैनबत्तीको कोइला (गजल संग्रह ) चन्द्री मुक्तान खुशी
९- मेरो गोरेटोमा तिम्रो छाया ( मुक्तक संग्रह ) रत्नप्रसाद अनामणी
१० ख्याल ख्यालमै सल्क्यो जिन्दगी (गजल संग्रह ) रत्नप्रसाद अनामणी
सहयात्री मिडिया पाटनरहरु -
- सिराइचुली एफएम 97.3 मेगाहर्ज चितवन
- www.chukuprakash.com
- www.khojonline .com
- रातो पाटी अनलाइन मिडिया
- उज्यालो चितवन
- www.amritkhotngkhadka.blogspot.com
- खोटाङ खबर khotang khabar पेज
- www.umeshkhotang.simplesite.com
- सुख शान्ति मासिक पत्रिका
- हातेमालो साहित्य प्रतिष्ठान
- परिवर्तन सरगम साहित्य प्रतिष्ठान
- जनमञ्च साप्ताहिक
- नमुना साहित्य समाज कञ्चनपुर
- www.kailalijob.blogspot.com
-G7 media Group
क्रमशः बाकी मिडियाहरु थपिदै जाने छन ।प्रवासका लागि खोज अनलाइनबाट हुनेछ ।
मिति - २०७३/०५/१६ गते
स्थान- प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौ
प्रमुख अतिथि - डा. कृष्णहरि बराल
समय- दिउसो १२ बजे
सम्पर्क व्यक्ति
निर्दोष महता जय - 9824636028/9749093334
दामोदर ढकाल -9843672387
Read More
No comments:

तीज विशेष सवाल-जवाफ मुक्तक दिदीको भूमिकामा सिसा थारु र भाइको भूमिकामा एस. पि. असफल …………………………………………………

एस. पि. असफल

हिक्क हिक्क गरी दिदी फोनमा रुन्छ्यौ किन ।।
यसपालिको तीजमा पनि आउन पाईन लिन ।।
अर्को सालको तीजमा छुट्टी मिलाई आउँछु
यस वर्ष त केही गर्दा पनि छुट्टि पाउँदिन ।।

सिसा थारु

रुन्छ मन एउटै भएको भाइ नि प्रदेशमा हुँदा ।।
साथैमा छौ कि झैं लाग्छ तिम्रो तस्बिर छुँदा ।।
यसपालिको तीज पनि रुँदै बित्ने भयो मेरो
आँसुले चोली भिज्छ भाइ तिमी सम्झेर रुँदा ।।

एस. पि. असफल

यसपालि नि आउन पाइन म घर ।।
के छ भान्जा भान्जी भेनाको खबर ।।
यो वर्ष नि अधुरै हुने भो मेरो चाहना
दिदी भाइ बसी मन थियो खान दर ।।

सिसा थारु

हाम्रो मात्रै धेरै चिन्ता नलिनू मेरा भाई ।।
बा-आमा बुढा छन् को आउँछ उकालो धाई ।।
भगवानको कृपाले सबैलाई ठिकै छ बाबु
अर्को सालसँगै बसी, मनाउँला तीज रमाई ।।

एस. पि. असफल

प्रवासमा हुँदा दुःखी हुन्छु चाडपर्वमा झन ।।
सँगसँगै हाँस्दै खेल्दै बितेको थियो बालापन ।।
पोहोर जस्तै यसपालिको तीजमा पनि दिदी,,
लिन आउन पाईन भनि पछुतो मानी दुख्यो मन ।।

सिसा थारु

बितेका ती दिन सम्झेर गह भरिन्छ ।।
चाडपर्वमा सधैं एक्लाएक्लै परिन्छ ।।
सँगै खेली एकै थालमा खाई हुर्कियौ
लाग्छ तिमीसँग भेट नहुँदै मरिन्छ ।।

एस. पि. असफल

बिरामी हुँदा म सँगसँगै रुन्थ्यौ मेरी दिदी ।।
केही नहोस् भनी चिन्तित हुन्थ्यौ मेरी दिदी ।।
भाइलाई डाक्टर, पाइलट बनाउने हो भन्दै
मेरो लागि नै धेरै सपना बुन्थ्यौ मेरी दिदी ।।

सिसा थारु

गरिबको सम्पत्ति भनेकै माया हो भाइ,
दुःख पिडा हाम्रो आफ्नै छायाँ हो भाइ ।
तिमी र म ता हाम्रा बा-आमाले संसार हेर्ने,,
आँखाको ज्योति दायाँ र बायाँ हो भाई ।।


एस. पि. असफल

हजुरहरुलाई छाडी परदेश आउने मन त थिएन ।।
पापी साहुको रिन, गरिबीले गाउँमा बस्न दिएन ।।
योग्यता भन्दा नातावाद र कृर्पावादले गर्दाखेरी
नेपाली सेना, पुलिसमा कतै मलाई भर्ति लिएन ।।

सिसा थारु

भाग्यमा गरिबी लेखेपछि सोचेझैं कहाँ हुन्छ ।।
तिम्रो दुःख सुनेर अभागी दिदीको मन रुन्छ ।।
सपना देख्ने अधिकार पनि छैन हामी गरिबलाई,,
भगवानले पनि धनीमानीको पुकार मात्रै सुन्छ ।।

एस. पि. असफल

थोरै होइन दिदी साठी डिग्रीको घाम छ यहाँ ।।
न त आफूले सोचे जस्तो नै काम छ यहाँ ।।
कुन बेला चक्कर लागि ढल्छन् काम गर्दागर्दै,,
न परिश्रम गरे अनुसारको नै दाम छ यहाँ ।।

सिसा थारु

न सुत्ने समय छ न माम छ भन्छौं भाइ ।।
परिश्रम अनुसारकै न दाम छ भन्छौ भाइ ।।
अझ कती दुःख गर्छौ पराई भूमिमा तिमीले
आफूले सोचे जस्तो न काम छ भन्छौ भाइ ।।

एस. पि. असफल

मध्याह्नमा तातोतातो हावा चल्दा सम्झिए ।।
चर्को घामले छेउको साथी ढल्दा सम्झिए ।।
नजाउ बिदेश भाइ भन्दै हजुरले सम्झाएको
कामबाट फर्किदा यो ज्यान गल्दा सम्झिए ।।

सिसा थारु

सबैका दाजुभाइ आए तिजमा लिन चेली ।।
गइसकेछन् माइत जेठानी बेली र चमेली ।।
एउटा भएको भाइ पनि प्रवासमा हुनाले ,,
म कान्छी बुहारी तिजमा सधैंकी अर्घेली ।।


एस. पि. असफल

म लिन नआए पनि तीजमा माईत जानू दिदी ।।
आमाले पकाएको दर मिठो मानी खानु दिदी ।।
हाम्रो देशमा अशान्ति र बेरोजगारीको मार छ,,
नआए प्रवास के गरी घर ब्यवहार धानु दिदी ।।

सिसा थारु


घरमा कुरा मिलाएर एक दिन भएपनि माईत जान्छु ।।
आमाले पकाएको दर तिमीलाई सम्झी सम्झी खान्छु ।।
आफ्नो ज्यानको ख्याल गर्नु नलिए केही चिन्ता हाम्रो,,
भान्जा भान्जी रुछन् फेरि सबैलाई साथैमा लान्छु।।


सम्पूर्ण साहित्य प्रेमि मनहरु बाट सल्लाह,सुझाव र प्रत्तिक्रियाको अपेक्षा गर्दछौ ।।।

आउँदै गरेको हिन्दू धर्मावलम्बी नारीहरुको महान पर्व हरिताँलीका तिज को सम्पुण देश विदेशमा रहनु हुने हिन्दू नारीहरु लाई अग्रिम शुभकामना ब्यक्त गर्दछौं।।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

एस.पी.असफल
भाटखोला :९
स्याङ्जा
नेपाल हाल :बिरानो मुलुक
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु
बिर्तामोड झापा
नेपाल
Read More